जोसेप मारिया बार्टोमेयूले भ्यालेन्सियाको फरवार्ड रोड्रिगो मोरिनोलाई भित्राउन सक्ने पुष्टि गरेका छन।
लुईस सुआरेजले घुँडाको शल्यक्रिया पछि बाँकी सिजन गुमाउने भए पछि नयाँ स्ट्राइकरको खोजीमा देखिन्छ बार्सिलोना।
बार्सिलोना र भ्यालेन्सिया पूर्व रियाल म्याड्रिड र बेन्फीका फरवार्डलाई सम्झौता वार्तामा ल्याउन लागि परेको छ।
“हामी अन्य टोलीका खेलाडीहरूको बारेमा कुरा गर्दैनौं। तर [रोड्रिगोको] नाम कोचको टेबुलमा छ।
“र बिकल्प आउनेछ। मलाई थाहा छैन कि यो बार्सिलोना बी टिमबाट हुनेछ वा अन्य क्लबबाट।
“मलाई धेरै खेलाडी मन पर्छ।”
बार्सिलोनाले एउटा खेलाडि लामो समयसम्म राख्न चाहेको खेलाडी हो, लियो मेस्सी, तर बार्टोमेले जोड दिए कि उनीसँग आफ्नो भाग्य निर्णय गर्ने स्वतन्त्रता छ।
“उस्ले बार्सिलोना जब चाहन्छ त्येति बेला छोड्न सक्छ। उस्को सम्बन्ध बार्सिलोनाको लागि सधैं भरी हुनेछ।
“उनी यहाँ अझ धेरै फुटबल खेल्न बाँकी छ र लियो मेस्सी केही समय अझ यहाँ हुनेछ,” उनले जोड दिए।
साताको अन्त्यमा भ्यालेन्सियासँग पराजित भए पछि बार्सिलोनाको अध्यक्षले धैर्य गर्न आग्रह गरेका छन्।
“म चिन्तित छुइन। हामी काम गरीरहेका छौं।
“लालिगा स्यानट्यान्डर र च्याम्पियन्स लिग खेल्न अझै बाँकीनै छ।
“हामी बार्सिलोना समर्थकहरु हाम्रो टीमको बारेमा चिन्ता गर्छौं। हामीले भर्खरै हारौ तर लेगानेसबिरूद्ध कोपा डेल रे खेल आउँदैछ, र त्यसपछि लालिगा। यो रोक्दैन।
“सेतेइन हाम्रो नयाँ प्रशिक्षक हुनुहुन्छ र हामीलाई पूर्ण विश्वाश छ वहाँको काममा।”