सालाह चम्कदा आयाक्समाथी लिभरपुलको गोलको वर्षा

लिभरपुलले समुह चरण पार गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।

गएराती सम्पन्न खेलमा आयाक्सविरुद्ध सहज जित हासिल गर्दै लिभरपुलले नक आउट चरणमा समुह ए बाट आफ्नो स्थान पक्का गरेको हो ।

लिभरपुलले नेदरल्याण्डसको क्लब आयाक्सलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । लिभरपुलको जितमा मोहमद सलाह, डर्विन नुनेज र हार्भी एलीओटले एक एक गोल गरेका थिए ।

यो जितपछि समुह ए मा लिभरपुलको ५ खेलमा १२ अंक भएको छ र लिभरपुल नकआउट चरणमा पुगेको छ ।

त्यस्तै यस समुहबाट इटालियन क्लब नापोली पनि नकआउट चरणमा पुगेको छ । नापोलीले गएराती रेन्जर्सलाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

जितपछि नापोलीले समुह चरणमा अहिलेसम्म खेलेका पाँचै खेल जितेर १५ अंक जित्दै नकआउट चरणमा पुगेको छ । आयाक्स युरोपा लिगमा झरेको छ भने रेन्जर्स बाहिरिएको छ ।