साउदी लिगको टिम अफ द यरमा परेनन् रोनाल्डो

फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो २०२३को जनवरीमा म्यानचेस्टर युनाइटेडबाट साउदी प्रो लिग क्लब अल नासरमा गएका थिए र उनको लिगमा उनको आगमन पछि साउदी प्रो लिगको धेरै चर्चा भएको छ तर उनी यो सिजनको टिम अफ द यरमा भने पर्न असफल रहेका छन्।

साउदी प्रो लिगले सामाजिक सञ्जालहरू मार्फत यो सिजनको सबैभन्दा उत्कृष्ट खेलाडीहरूको सुची अथवा टिम अफ द यर सार्वजनिक गरेको थियो उक्त टिममा फुटबल सुपरस्टार रोनाल्डो नपरे पछि सो वारे हाल धेरै चर्चा हुँदै गरेको छ।

उक्त टिमको फ्रन्ट थ्रीमा ओडियन इघालो मुख्य स्ट्राइकरको रूपमा रहेका छन् र दुई विङ्गमा फिरास अल-बुराइकन र मुराद बतना रहेका छन् । उक्त टिममा लिगको टप स्कोरर अब्दरराजक हमदल्लाह र दोस्रो टप स्कोरर तालिस्का पनि टिममा परेका छैनन् र सो कुरा पनि चर्चाको विषय बनेको छ।

रोनाल्डो यो सिजनको पाँचौँ टप स्कोररको रूपमा रहेका छन् र मुख्य स्ट्राइकरको रूपमा टिम अफ द यरमा परेका ओडियन इघालो लिगको तेस्रो टप स्कोररको रूपमा रहेका छन् उनले २७ खेलमा १९ गोल गरेका छन्।

अल-नासरीमा रोनाल्डोले आफ्नो पहिलो सिजनमा १९ खेलमा १४ गोल र २ असिस्ट गरे पनि उनी उपाधि जित्न असफल रहे तर उनको खेल राम्रो रहे पनि उनी टिममा भने पर्न असफल भएका छन्।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ