साउदीबाट बम्पर अफर अस्विकार्दै मोड्रीच रियल म्याड्रिडमै रहने

लुका मोड्रीचले रियल म्याड्रिडमा आफ्नो सम्झौता एक बर्षका लागि नवीकरण गरेका छन् ।

रियल म्याड्रिडले २०२४ को जुन ३० सम्म मोड्रीच रियल म्याड्रिडमै रहने जानकारी गराएको छ ।

३७ बर्षिय प्लेमेकर मोड्रीचले साउदी क्लबको बम्पर अफर छोडेर रियलमै बस्ने निर्णय गरेका हुन् ।

२०१२ देखि रियल म्याड्रिडमा खेलिरहेका मोड्रीचले अहिलेसम्म ४८८ खेल खेल्दै रियलका लागि कुल २३ ट्रफी जितेका छन् । जसमा ५ च्याम्पियन्स लिग, ५ क्लब विश्वकप, ४ युरोपियन सुपर कप, ३ ला लिगा २ कोपा डेल रे र ४ स्पेनिस सुपर कप रहेका छन् ।

२०१८ मा बेलुन डो अर र फिफाको बेस्ट खेलाडी जितेका मोड्रीचले रियलमाथि आफ्नो प्रतिबद्धता देखाउदै साउदी लिगको अफर छोडेको बताइएको छ ।