साउदीबाट आएको १ बिलियनको प्रस्ताव मेस्सीद्वारा अस्वीकार यो क्लबमा जाँदै 

फुटबल सुपरस्टार लिओ मेस्सीले साउदी प्रो लिग क्लब अल हिलालको १ बिलियन बराबरको प्रस्ताव अस्वीकार गर्ने भएका छन् भने उनको नयाँ गन्तव्य अमेरिकी मेजर लीग सकर क्लब इन्टर मायामी हुने भएको छ।

फुटबल सुपरस्टार मेस्सी र फ्रेन्च क्लब पिएसजी बिचको सम्झौता यो महिना अन्त्य भएको थियो र दुई बिच सम्झौता विस्तार नभए पछि मेस्सी फ्री एजेन्ट बनेका थिए र उनलाई साइन गर्न बार्सा सहित धेरै क्लबहरू इच्छुक रहेको थियो तर मेस्सीले अमेरिकी क्लब इन्टर मायामीमा खेल्ने निर्णय लिएका छन्।

मेस्सीलाई साइन गर्न उनको पूर्व क्लब बार्साले पनि प्रयास गरेको थियो तर दुई बिच सम्झौता हुन सकेन भने सबैभन्दा ठुलो प्रस्ताव साउदी प्रो लिग क्लब अल हिलालबाट आएको थियो जुन १ बिलियन युरो बराबरको भएको रिपोर्ट थियो।

इन्टर मायामी फुटबल लेजेण्ड डेभिड बेकह्याको स्वामित्व भएको क्लब हो भने मेस्सीलाई साइन गर्न मायामीले धेरै समय देखि प्रयास गर्दै आएको थियो ।

फेन्च क्लब पिएसजी सँग मेस्सीको सम्झौता अन्त्य भए पछि मेस्सीले क्लब छोड्ने निर्णय लिएका हुन् भने हाल उनी फ्री एजेन्ट बनेका छन्।

पिएसजीको लागि मेस्सीले ७५ खेल खेल्दै ३२ गोल र ३५ असिस्ट गरे र सो क्रममा उनले २ फ्रेन्च लिग उपाधि र १ फ्रेन्च सुपर कप जितेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ