“साउदीको लिग संसारकै शीर्ष ५ मध्ये एक बन्न सक्छ”- क्रिस्टियानो रोनाल्डो

फ्रेन्च फुटबल स्टार करिम बेन्जिमा पनि साउदी अरेबियन क्लबमा अनुबन्धित भए सँगै साउदीको लिग चर्चा निकै बढेको छ भने फुटबल सुपरस्टार रोनाल्डो, जो हाल साउदी क्लब अल नासरबाट खेल्दै छन् – उनको विश्वास छ कि ५ वर्ष भित्र साउदीको लिग संसारकै शीर्ष ५ मध्ये एक बन्न सक्ने छ।

२०२३को जनवरीमा रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट फ्री एजेन्टको रूपमा साउदी अरेबियान क्लब अल-नासरीमा गएका थिए भने हाल बेन्जेमा सहित अन्य धेरै स्टार खेलाडीहरुसाउदी अरेबियन लिगमा खेल्न सक्ने चर्चा हुँदै गर्दा रोनाल्डोले साउदीको लिग संसारकै शीर्ष ५ मध्ये एक बन्न सक्ने दाबी गरेका छन्।

“साउदी लिग राम्रो हुँदै छ, अर्को वर्ष हामी अझ राम्रो हुनेछौँ। मलाई लाग्छ यो लिग विश्वको शीर्ष पाँच लिगहरू मध्ये एक हुनेछ।- रोनाल्डोले एक अन्तर्वार्तामा बोल्दै भने।

तर उनीहरूलाई समय चाहिन्छ, उनीहरूलाई खेलाडी र पूर्वाधार चाहिन्छ। मलाई विश्वास छ कि यो देशमा अचम्मको क्षमता छ, अद्भुत मान्छे र लिग उत्कृष्ट हुनेछ।”

फ्रेन्च फुटबल स्टार करिम बेन्जिमाले रियल म्याड्रीड छाड्दै खाडी मुलुक साउदी अरेबियाको क्लबमा खेल्ने निर्णय लिए पछि सो वारे धेरै चर्चा हुँदै गर्दा थप १० सुपरस्टार स्टार खेलाडीहरूलाई साउदी अरेबियाको क्लबहरूले साइन गर्ने योजना बनाएको जानकारी छ जसमा मेस्सी पनि रहेका छन्।

२०२३को जनवरीमा रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट फ्री एजेन्टको रूपमा साउदी अरेबियान क्लब अल-नासरीमा गएका थिए भने अल-नासरीमा उनले आफ्नो पहिलो सिजनमा १९ खेलमा १४ गोल र २ असिस्ट गरे ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ