फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाका क्लब अल नासरमा अनुबन्ध भएका छन्।
प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड सँग उनको सम्झौता रद्द भए पछि फ्री एजेन्ट रहेका रोनाल्डो साउदी अरेबियन क्लब अल नासरमा अनुबन्ध भएका हुन् भने उनले उक्त क्लबमा निकै ठुलो तलब पाउने छन् जुन फुटबल इतिहासकै सबैभन्दा ठुलो तलब रहेको छ।
👀 Cristiano Ronaldo’s reported Al Nassr wages:
💰 €200,000,000 per year
💰 €16,666,666 per month
💰 €3,846,153 per week
💰 €547,945 per day
💰 €22,831 per hour
💰 €380 per minute
💰 €6.34 per second🤑 The largest salary in football history. pic.twitter.com/i2R76wyEXS
— GiveMeSport (@GiveMeSport) December 30, 2022
अल नासर सँग दुई वर्षको सम्झौता गरेका रोनाल्डोले प्रति वर्ष २०० मिलियन युरो तलबमा पाउने जानकारी छ जसको मतलब क्लबमा उनको मासिक तालाब €१६,६६६,६६६ रहेको छ जुन हप्ताको €३,८४६,१५३ हुने छ र यसको अर्थ उनले प्रति दिन नै €५४७,९४५ कमाउने छन्।
रोनाल्डो सँग २०२५ सम्मको सम्झौता गर्ने अल नासरले रोनाल्डोको मद्दतमा साउदी अरेबियाको फुटबल सहित अन्य क्षेत्रको उत्पादन र पर्यटन पनि प्रोमोट गर्ने योजना बनाएको छ।
विश्वकप अघि देखि नै साउदी अरेबियाबाट रोनाल्डोलाई उक्त ठुलो प्रस्ताव आएको थियो र हाल उनी साउदी अरेबियाको लिगमा खेल्न धेरै नजिक रहेका छन्।
Here’s Cristiano Ronaldo with Al Nassr shirt after contract signed until June 2025 🚨🇵🇹🇸🇦 #Ronaldo
▫️ Agreement valid for two years and half;
▫️ Total salary will be close to €200m per year, but this includes commercial deal.
It’s the biggest salary ever in football. pic.twitter.com/ZnOg8lY6Wb
— Fabrizio Romano (@FabrizioRomano) December 30, 2022
सिजन सुरु हुन अगाडी पनि साउदीको क्लबले रोनाल्डोलाई साइन गर्न प्रयास गरेको थियो भने सो बेला रोनाल्डोले उक्त प्रस्ताव अस्वीकार गरेका थिए भने यस पटक फ्री एजेन्ट रहेका रोनाल्डो साउदी अरेबियाका क्लब अल नासरको लागि खेल्न पक्का भएको छ।