साउदीको क्लबमा जानु अघि रोनाल्डोले अन्तिम समय सम्म रियल म्याड्रिडको प्रतीक्षा गरेको खुलासा

फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाका क्लब अल नासरमा अनुबन्ध भएका छन् भने उक्त क्लब जानु अगाडी रोनाल्डोले आफ्नो पुर्व कलाब रियल म्याड्रिडको प्रस्तावको प्रतीक्षा गरेको तर प्रस्ताव नआएको भनेर स्पेनिस मिडिया मार्काले जनाएको छ।

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड सँग उनको सम्झौता रद्द भए पछि फ्री एजेन्ट रहेका रोनाल्डोको नाम धेरै युरोपियन क्लबहरू सँग जोडिएको थियो तर अन्त्यमा उनी साउदी अरेबियन क्लब अल नासरमा अनुबन्ध भएका हुन् उनले अन्तिम समय सम्म उनले रियलको लागि प्रतीक्षा गरेको भनेर मार्काले रिपोर्ट गरेको छ।

२०१८मा रोनाल्डोले रियल म्याड्रिड छोडेका थिए । रियलमा उनले ९ वर्ष बिताएका छन् र उनले सो क्रममा ४ च्याम्पियन्स लिग र २ लिग उपाधि सहित धेरै ट्रफीहरु जितेका छन्।

हाल रोनाल्डोले अल नासर सँग दुई वर्षको सम्झौता गरेका छन् र उक्त क्लबमा रोनाल्डोले प्रति वर्ष २०० मिलियन युरो तलबमा पाउने जानकारी छ जसको मतलब क्लबमा उनको मासिक तालब €१६,६६६,६६६ रहेको छ जुन हप्ताको €३,८४६,१५३ हुने छ र यसको अर्थ उनले प्रति दिन नै €५४७,९४५ कमाउने छन्।

रोनाल्डो सँग २०२५ सम्मको सम्झौता गर्ने अल नासरले रोनाल्डोको मद्दतमा साउदी अरेबियाको फुटबल सहित अन्य क्षेत्रको उत्पादन र पर्यटन पनि प्रोमोट गर्ने योजना बनाएको छ।

विश्वकप अघि देखि नै साउदी अरेबियाबाट रोनाल्डोलाई उक्त ठुलो प्रस्ताव आएको थियो र हाल उनी साउदी अरेबियाको लिगमा खेल्न धेरै नजिक रहेका छन्।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ