सर्जियो रामोसले पिएसजी छाड्ने

फ्रेन्च क्लब पिएसजीका स्टार डिफेन्डर सर्जियो रामोसले यो सिजन अन्त्य भए पछि क्लब छोड्ने पुष्टि गरेका छन्।

ला लिगा क्लब रियल म्याड्रिडबाट २०२१मा फ्री एजेन्टको रूपमा आएका सर्जियो रामोसको सम्झौता यो महिनामा अन्त्य हुने छ भने पिएसजी सँग सम्झौता विस्तार नगरी फ्री एजेन्टको रूपमा क्लब छोड्ने रामोसले सामाजिक संजालमा पोस्ट गर्दै स्पष्ट गरे।

“भोलि एक विशेष दिन हो, भोलि म मेरो जीवनको अर्को चरणलाई बिदाइ दिने छु, पिएसजीलाईलाई अलबिदा,”- स्पेनिस लेजेण्ड रामोसले ट्विटरमा भने।

क्लर्मन्ट फुट विरुद्ध पिएसजीले सिजनको अन्तिम खेल खेल्दै छ र सो म्याच रामोसको लागि पनि अन्तिम पिएसजी खेल हुने भएको छ ।

पिएसजीका अध्यक्ष नासेर अल-खेलाफीले भने: “सर्जियोको नेतृत्व, टोली भावना र व्यावसायिकता, उच्च स्तरमा उनको अनुभवसँगै मिलेर उनलाई एक साँचो फुटबल लेजेण्ड बनायो, र उनलाई पेरिसमा पाउनु सम्मानको कुरा हो।”

३७ वर्षीयाले पिएसजीका लागि ५७ खेल खेलेका थिए र २०२१ मा रियल म्याड्रिडबाट आएपछि पिएसजीमा उनले दुई फ्रेन्च उपाधि जितेका छन्।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ