‘सम्झौता विस्तार गर नत्र क्लब छोड’ एम्बाप्पेलाई पिएसजीको कडा चेतावनी 

फ्रेन्च क्लब पिएसजीले आफ्नो स्टार खेलाडी एम्बाप्पेलाई कि सम्झौता विस्तार गर्न वा यही ट्रान्सफर विन्डो क्लब छोड्न चेतावनी दिएको छ।

किलियन एम्बाप्पेले पिएसजीमा आफ्नो सम्झौता नवीकरण नगर्ने निर्णय गरे पछि फ्रेन्च क्लब निकै आक्रोशित रहेको छ र उनलाई यही ट्रान्सफर विन्डो क्लब छोड्न वा सम्झौता विस्तार गर्न पिएसजी एम्बाप्पेलाई भनेको जानकारी छ।

रिपोर्ट अनुसार २०२४ को अन्त्यसम्म रहेको उनको क्लबसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेसँगै पिएसजी यसै ट्रान्सफर विन्डोमा उनलाई बेच्न बाध्य भएको छ अन्यथा अर्को वर्ष उनलाई पिएसजीले फ्रीएजेन्टको रूपमा गुमाउने छ र उनलाई फ्रीएजेन्टको रूपमा गुमाउन अनिच्छुक रहेको पिएसजीले उनको सामु दुई विकल्प पेश गरेको रिपोर्ट छ।

एम्बाप्पे र पिएसजी बिचको सम्झौतामा एक वर्ष विस्तार गर्न मिल्ने क्लज रहेको छ तर एम्बाप्पेले अचानक एक पत्र लेख्दै सो सम्झौतामा विस्तार नगर्ने जानकारी दिए पछि पिएसजी एम्बाप्पे सँग आक्रोशित भएको छ र उनलाई यही ट्रान्सफर विन्डो बेच्ने पिएसजीको योजना हुने छ।

एम्बाप्पे भने यस सिजन पिएसजीमै बताउंदै आएका छन् जसले पिएसजीलाई निकै गाह्रो अवस्थामा लगेको छ र सो कारण एम्बाप्पेलाई कि सम्झौता विस्तार गर्न कि यही ट्रान्सफर विन्डो क्लब छोड्न पिएसजीले दबाब दिएको रिपोर्ट छ।

एम्बाप्पेलाई अर्को वर्ष फ्रीमा गुमाउने कुराको विरुद्धमा पिएसजी रहेको जानकारी छ भने उनले क्लब छोडे उनको विकल्पको योजना पिएसजी सँग रहेको पनि जानकारी छ।

एम्बाप्पेका लागि रियल म्याड्रिडले केही वर्षदेखि नै विशेष चासो राख्दै आएको छ । २०२१ मा रियल म्याड्रिडसँग सम्झौता हुने अन्तिम तयारीका बिच एम्बाप्पेले पिएसजीमा सम्झौता नवीकरण गरेका थिए ।

एम्बाप्पेको यो कदमसँगै पिएसजीले एकै समयमा लियोनेल मेसी, नेइमार र एम्बाप्पेलाई गुमाउन सक्ने देखिएको छ । नेइमारलाई पनि साउदी क्लबले भित्र्याउने प्रयास गरिरहेका छन् ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ