सन्दीपका टिममेट स्टोनिसलाई ७५०० डलर जरिवाना

री बिग बास लिग (बीबीएल) मा मेल्बर्न स्टार्सका अलराउन्डर मार्कस स्टोनिसलाई ७ हजार ५ सय डलर जरिवाना गरिएको छ। स्टोनिस नेपालका क्रिकेटर सन्दीप लामिछाने आवद्ध रहेको टोली मेल्बर्नका ओपनर ब्याट्स्म्यान हुन्।

समलिङ्गीलाई दुर्व्यवहार गरेका कारण उनलाई क्रिकेट अस्ट्रेलियाले कारबाही गरेको हो। उनले शनिबार मेल्बर्न रेनेगड्ससँग भएको खेलमा रेनेगड्सका तीव्र गतिका बलर केन रिचार्डसनलाई दुर्व्यवहार गरेका थिए। शनिबार भएको उत्त खेलमा स्टार्सले रेनेगड्सलाई ८ विकेटले पराजित गरेको थियो। नेपालका सन्दीपको ३ विकेट लिन सफल भएका थिए।

क्रिकेट अस्ट्रेलियकाअनुसार उनलाई क्रिकेट अस्ट्रेलियाको व्यत्तिगत बेइज्जती आचारसंहिता तोडेकाले कारबारी गरिएको हो। लगत्तै स्टोनिसले गल्ती महसुस गरेको बताएका छन्। ‘तुरुन्तै मैले गल्ती गरेको महसुस गरेको थिएँ,’ उनले भनेका छन्, ‘त्यसपछि मैले केन र अम्पायरसँग माफी मागेँ।’ साथै उनले गल्ती गरेकाले सहर्ष कारबाही भोग्ने बताएका छन्।

स्टोनिस जारी बिग बास लिगमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पहिलो नम्बरमा छन्। हालसम्म ६ खेल खेल्दा ३ अर्धशतकसहित उनले २८१ रन बनाएका छन्। उनको टोली मेलवर्नले ६ खेल खेल्दा ५ मा जित निकाल्ने क्रममा उनले महत्वपूर्ण योगदान गरेका थिए।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ