कतारमा आयोजित फिफा वोर्ल्ड कप २०२२ मा आज सुरुवाती खेल कतार र इक्वेडरबिच भैरहेको छ ।
नेपालीहरुले रु ५०० भन्दा बदि तिरेर विश्व कपका खेलहरु हेर्नू परे ता पनि खेल टिभीमा सहज रुपमा हेर्न पाइरहेको छैन ।
हाल आयोजित राष्ट्र कतार र इक्वेडरबिचको खेल भैरहेको छ ।
इक्वेडरले खेलको तेस्रो मिनेटमा नै गोल गरेपनी रेफ्रीले भिएआरको सहायताले उक्त गोल अफ्साइड रहेको देखाएपछि गोल दिएन ।
तर खेलको १६ औं मिनेटमा इक्वेडरका इनर भ्यालेन्सियाले पेनाल्टी मार्फत गोल गर्दै १-० बनाएका छन् ।
सुरुवाती कतार र इक्वेडरको खेल भने नेपालमा बिना रु.५०० तिरिकन पनि हेर्न पाइरहेको छ । खेल लाइभ हेर्न प्ले स्टोरमा गइ NETTV app डाउन्लोड गरि हिमालय टेलिभिजनबाट प्रतेक्ष प्रसारण सित्तैमा हेर्न सक्नु हुनेछ ।