विश्व कप : साविक उपविजेता क्रोएसिया बराबरीमा रोकियो

ढोहा । कतारमा जारी विश्व कपको समुह चरण अन्तरगतको खेलमा मोरोको र क्रोएसियाबिचको खेल बराबरीमा टुंगिएको छ । बुधबार भएको खेलमा मोरोको र क्रोएसियाबिचको खेल गोलरहित बराबरीमा टुंगिए पछि दुबै टिमले अंक बाँडेका छ ।

क्रोएसियाले बल नियन्त्रणमा राम्रो पकद जमाए पनि मोरोकोले साविक उपविजेतालाई बराबरीमा रोक्न सफल भएको हो ।

मोरोकोले बराबरीमा रोकेसंगै क्रोएसियाको विजय यात्रामा पुर्णविराम लगाएको छ । क्रोएसिया पछिल्ला पाँच खेलमा जित हात पारेका छन् ।

विश्व कपमा क्रोएसियाले अर्को समुह चरणका खेल क्यानेडासंग २७ नोभेम्बरमा खेल्नेछ ।

यस्तै, मोरोकोले २७ नोभेम्बरमा बेल्जियमसंग आफ्नो दोस्रो खेल खेल्दैछ ।