विश्व कप : दुई खेल पछि कतार विश्व कप बाहिर

ढोहा । विश्व कप २०२२ आयोजक राष्ट्र कतार समुह चरणको दुई खेल पछि बाहिरिने पहिलो टोलि बनेको छ । शुक्रबार भएको सेनेगलसंगको खेलमा हार बेहोरे पछि कतार विश्व कपबाट बाहिरिएको हो ।

इक्वेडर र नेदरल्यान्डबिचको खेल बराबरीमा टुंगिए पछि कतार विश्व कपबाट बाहिरिएको छ ।

त्यस्तै, आयोजकका रुपमा कतार नकआउट चरणमा पुग्न असफल दोस्रो राष्ट्र बनेको छ ।

यसअघि, २०१० मा दक्षिण अफ्रिका समुह चरणबाटै बाहिरिएको थियो ।

एसियन च्याम्पियन्सिप जितिसकेको कतार विश्व कपमा भने फितलो प्रदशन गरेको छ ।