ढोहा । कतारमा जारी फिफा विश्वकपको समूह ‘एच’ अन्तर्गत उरुग्वे र दक्षिण कोरियाले बराबरी खेलेका छन् । इजुकेसन सिटी स्टेडियममा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन् ।
उरुग्वे र दक्षिण कोरियाले गोलको केही अवसर प्राप्त गरे पनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।
खेलमा दक्षिण कोरिया ह्युङ–मिन सनको कप्तानीमा उत्रिएको थियो । दक्षिण एसियाकै स्टार सन खेल अवधिभर मैदानमै देखिए । हालै मात्र उनले आँखाको अपरेसन गरेका थिए ।
विश्वकपअन्तर्गत आजै भएको पहिलो खेलमा स्विटजरल्याण्डले क्यामरुनलाई हरायो ।