विश्व कप : किन इरानका खेलाडिहरुले राष्ट्रिय गान गाउन मानेनन् ?

ढोहा । इरानमा खेलाडिले विश्व कपमा राष्ट्रिय गान गाउन अस्वीकार गरेका छन् । इरानी सरकारको विरुद्धमा खेलाडिहरुले राष्ट्रिय गान गाउन अस्विकार गरेको हो ।

पछिल्लो केहि महिना देखि इरानमा नागरिकहरु महिलाहरुको स्वतन्त्रताक माग गर्दै सरकारको विरुद्ध आवाज उठाउदै आएको छ ।

गत सेप्टेम्बरमा २२ वर्षिय यवती माहसा अमिनीको मृत्युका कारण आन्दोलन झनै चर्केको छ ।

नगारिक अधिकारकर्मीका अनुसार इरानमा झण्डै ४०० प्रदशनकारीको मृत्यु भएको बताएको छ ।

त्यस्तै, सोह्र हजार आठ सयलाई हिरासतमा राखेका छन् ।

यस्तै, हिजोको खेलमा इरानका समर्थकहरुले अलि करिमी भन्दै हुटिङ गरेका थिए । पुर्व खेलाडी समेत रहेका करिमी यो अभियानको एक जना मुख्य योजनाकार मानिन्छ ।

साथै, इरानका मुख्य प्रशिक्षक कार्लस कोरोसले खेलाडिहरुले विरोध जनाउन पाउने प्री म्याच कन्फ्रेन्समा बताएका थिए ।