विश्व कपमा सुनको सिक्री लगाएर खेलेका स्टार खेलाडीलाई दिए फ्रेन्च कोचले चेतावनी

२०२२ फिफा विश्व कपको राउन्ड-अफ १६ खेलमा फ्रान्सले पोल्याण्डको सामना गरेको थियो भने उक्त खेलमा फ्रान्सका स्टार सेन्टर-ब्याक जुल्स कौंडेले सुनको सिक्री लगाएर खेले पछि खेलको क्रममा सो कुरा लाइन्स-म्यानले देखे पछि उनलाई उक्त सिक्री निकाल्न लगाएको थियो।

खेलको ४२औँ मिनेटमा थ्रो लिने क्रममा कौडेको सिक्री लाइन्स-म्यानले देखे र उनलाई उक्त सिक्री निकाल्न लगाएका थिए। सिक्री लगाएर खेल्ने कौडेको निर्णयबाट फ्रान्सका कोच डिडियर डेसचेम्प्स खुसी छैनन् भने उनले आफ्नो स्टार सेन्टर-ब्याकलाई चेतावनी दिएका छन्।

‘खेलाडीहरूलाई खेलको क्रममा सिक्री लगाउने अधिकार छैन।”- फ्रान्सका प्रशिक्षकले भने खेल पछिको पत्रकार सम्मेलनमा भने ।

“उनी सन ग्लास, घडी वा चेन लगाएर खेल्न सक्दैनन्, यसको अनुमति छैन। मैले सोचेको थिए कि खेल अघि उनले उक्त सिक्री निकाले। त्यो हाम्रो गल्ती हो।

“मलाई थाहा छैन उक्त सिक्री के थियो तर उनी अन्धविश्वासी छन् र तालिममा पनि त्यो लगाउँछन्।

“मैले उनलाई भनेँ, “तिमी भाग्यमानी छौ, मैले त्यो देखेको भए मैले पनि तिमीलाई त्यो सिक्री निकाल्न लगाउने थिएँ।”

आइएफएबि नियमहरूको नियम ४ अनुसार ‘खेलाडीहरूले खतरनाक उपकरण वा वस्तुहरू लगाउनु हुँदैन जसमा सबै प्रकारका गहनाका र सिक्रीहरू निषेधित छन्। उक्त खेल भने फ्रान्सले ३-१ले जितेको थियो खेलमा जिरुद र एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई जित दिलाएका थिए र अब फ्रान्सले क्वार्टरफाइनलमा इङ्गल्यान्डको सामना गर्ने छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ