विश्व कपमा मेस्सीले तोड्न सक्ने चार कीर्तिमान

एजेन्सी । कतार विश्व कपमा अर्जेन्टिनालाई उपाधी दाबेदारको रुपमा लिएको छ । कोपा अमेरिकाको विजेता अर्जेन्टिना उत्कृष्ट लयमा देखिन्छ ।

भेट्रान फरवार्ड मेस्सीले उपाधी जित्न सक्ने सम्भावना समेत यो पटक प्रबल छ । तर, मेस्सीले यो विश्व कपमा तोड्न सक्ने केही कीर्तिमान यस प्रकारको छ ।

गोल्डेन बल उपाधी

मेस्सीले २०१४ विश्व कपमा फाइनल खेल जर्मनीसंग पराजित हुँदै उपाधी जित्नबाट चुकेका थिए । व्यक्तीगत रुपमा मेस्सीको २०१४ विश्व कपमा गोल्डेन बल उपाधि भने जितेका थिए ।

विश्व कपमा कुनै खेलाडिले दुई वटा गोल्डेन बल जितेको कीर्तिमान छैन । मेस्सीले यदि यो विश्व कपमा गोल्डेन बल जिते पहिलो खेलाडी बन्ने छ ।

विश्व कपमा सर्वाधिक खेल

डिएगो माराडोनाले अर्जेन्टिनाका लागि विश्व कपमा सर्वाधिक खेल खेलेका छन् । उनले विश्व कपमा २१ खेल खेलेको छ । दोस्रो स्थानमा मेस्सीले १९ खेल खेलेका छन् ।

मेस्सीले समुह चरणमा तिनै खेल खेलेको अवस्थामा उनले माराडोनाको कीर्तिमान पनि तोड्दै अर्जेन्टिनाका लागि विश्व कपमा सहभागी हुने खेलाडी बन्ने छ ।

पाचौं विश्व कप खेल्दै

मेस्सीले कतार विश्व कपमा उपस्थित हुँदै पाचौं विश्व कप खेल्दैछ । तर, उनी एक्लैले यो कीर्तिमान राखेका छैनन् । उनिसंगै रोनाल्डोले पनि पाचौं विश्व कप खेल्नेछ ।

यसअघि, एन्टोनियो कार्भाहाल, लोथर माथेयस र राफायल मार्केजले समेत पाँच पटक विश्व कप खेलिसकेका छन् ।

सर्वाधिक अस्सिट गर्ने खेलाडी बन्ने सम्भावना

विश्व कपमा सर्वाधिक अस्सिट गर्ने खेलाडिमा ब्राजिलियन लेजेन्ड पेले रहेको छ । उनले विश्व कपमा १० अस्सिट गरेका छन् ।

मेस्सीको विश्व कपमा हाल सम्म पाँच अस्सिट रहेको छ । तर, मेस्सीले पेलेको रेकर्ड तोड्ने सम्भावना रहेको छ ।