विश्व कपको पहिलो खेलमै स्पेनले गर्यो गोलको वर्षा

विश्वकप अन्तर्गत स्पेनले फराकिलो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा कोस्टारिकालाई ७-० गोल अन्तरले हराउँदै स्पेनले उत्कृष्ट सुरुआत गरेको हो ।

विश्वकपमा स्पेनले पहिलो पटक ७ गोलको फराकिलो जित निकालेको हो ।

एकतर्फी खेलमा स्पेनले ११औं मिनेटमा ओल्मोको गोलबाट सुरुआती अग्रता बनाएको थियो । ओल्मोको गोल विश्वकपमा स्पेनको १०० औं गोल हो ।

खेलको २१औं मिनेटमा एसेन्सियोले गोल गर्दा स्पेनको अग्रता २-० को बन्यो ।

खेलको ३१औं मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट गोल गरेपछि स्पेन पहिलो हाफमा ३-० ले अघि रह्यो ।

खेलको ५४औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ४-० को अग्रता दिलाए ।

खेलको ७५औं मिनेटमा गाभीले गोल गर्दै स्पेनलाई ५-० को अग्रता दिलाए ।

खेलको ९०औं मिनेटमा सोलेरले गोल गर्दै स्पेनलाई ६-० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा मोरटाले गोल गर्दै स्पेनलाई ७-० गोलको उत्कृष्ट जित दिलाए ।

जितसँगै स्पेनले पहिलो खेल मै महत्वपूर्ण ३ अंक जोडेको छ ।

समूह ‘ई’ को स्पेन शीर्ष स्थानमा रहेको छ ।

हारबाट विश्वकपको सुरुआत गरेको कोस्टारिका पुछारमा रहेको छ ।