विश्व कपको अन्त्य पछि अब युरोपियन लिग खेलहरू कहिले देखि पुनः सुरु हुन्छ?

विश्व कपको फाइनल खेलमा आइतबार अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै उपाधि जिते पछि विश्व कप फुटबलको अन्त्य भएको छ तर युरोपियन क्लब फुटबलको रोमाञ्चक फुटबल खेलहरू अझै आउन बाँकी रहेको छ ।

विश्व कपको कारण एक महिनाको लागि रोकिएको युरोपियन फुटबल लिगहरू फेरी सुरु हुने क्रममा छ र कुन लिग कहिले सुरु हुने छ भनेर तपाइले यो पोस्ट मार्फत जानकारी पाउन सक्नु हुने छ ।

यस वर्षको विश्व कप नोभेम्बरमा सुरु भएको कारण क्लब फुटबल रोक्न पारिएको थियो तर विश्व कप अन्त्य भए सँगै युरोपको शीर्ष फुटबल लीग फेरी सुरु हुने क्रममा रहेको, धेरै जस्तो युरोपियन लिग क्रिसमस पछि फेरी सुरु हुने छ जसको नेपाली समय र मिति तल हेर्न सक्नु हुने छ।

प्रिमियर लिग

इङ्गल्याण्डको शीर्ष डिभिजनको फुटबल लिग- प्रिमियर लिग सबैभन्दा लोकप्रिय र रोमाञ्चक फुटबल लिग रहेको छ। प्रिमियर लिगको खेल डिसेम्बर २६ देखि फेरी सुचारु हुने छ र पहिलो खेलमा ब्रेटफोर्डले टोटेनह्यामको सामना गर्ने छ उक्त खेल नेपाली समय अनुसार साँझ ६:१५मा सुरु हुने छ।डिसेम्बर २६मा थप ५ अन्य प्रिमियर लिग खेलहरू हुने छ र लिभरपुल, न्यूकासल, एभर्टन जस्तो टिमहरूको पनि खेल सोही दिनमा रहेको छ।

ला लिगा

स्पेनको शीर्ष डिभिजनको फुटबल लिग- ला लिगा २९ डिसेम्बरबाट सुरु हुने छ। रियल म्याड्रिड र बार्सिलोना जस्तो टिमले खेल यो लिग संसारको सबैभन्दा लोकप्रिय फुटबल लिग मध्ये एक हो। विश्व कप पछिको पहिलो ला लिगा खेल २९ डिसेम्बरबाट सुरु हुने छ र पहिलो खेलमा गिरोनाले रायो भ्यालेकानोको सामना गर्ने छ उक्त खेल नेपाली समय अनुसार राति ९:४५मा सुरु हुने ।

लिग वान

फ्रान्सको शीर्ष डिभिजनको फुटबल लिग- लिग वानमा मेस्सी, नेमार, एम्बाप्पे जस्तो खेलाडीहरुको आगमन पछि फ्रेन्च लिगको चर्चा पछिल्लो समयमा निकै बढेको छ जसको कारण नेपाली फ्यानहरूको रुचि पनि यो लिगमा बढेको छ। लिग वान २९ डिसेम्बर देखि फेरी सुरु हुने छ। पहिलो खेल एसी आजासियो र एङ्गर एफ बिच नेपाली समय अनुसार रति ८:४५मा सुरु हुने छ।

सिरी ए

इटालीको शीर्ष डिभिजनको फुटबल लिग- सिरी ए यो वर्षको अन्त्य पछि मात्र सुरु हुने छ। जनवरी ४ देखि फेरी सुरु हुने तालिका रहेको सिरी एको पहिलो खेलमा यूएस सालेर्निटानाले एसी मिलान विरुद्ध नेपाली समय अनुसार साँझ ५:१५मा खेल्ने छ। उक्त म्याच डेमा थप ७ सिरी एको खेलहरू हुने छ।

जर्मन बुन्डेसलिगा

जर्मनीको शीर्ष डिभिजनको फुटबल लिग- जर्मन बुन्डेसलिगा युरोपको शीर्ष फुटबल लीग मध्ये सबैभन्दा ढिलो पूर्ण सूचार हुने लिग बनेको छ। बुन्डेसलिगाको पहिलो खेल जनवरी २०को मध्यरात- १ बजे आरबि लाइपजिग र बायर्न म्युनिखको खेलबाट सुरु हुने छ भने थप खेल २१ जनवरीको साँझ ८:१५ नेपाली समयमा हुने छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ