मङ्गलवार फिफा विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई २-१ले पराजित गर्दै इतिहास रचे पछि साउदी अरेबियामा बुधवार सार्वजनिक बिदा हुने भएको छ ।
Jubilant Saudi Arabia declares a national holiday TOMORROW to celebrate incredible World Cup victory over Argentina https://t.co/vATaRMch1A pic.twitter.com/mmywUJRNtB
— Daily Mail Online (@MailOnline) November 22, 2022
यो वर्षको विश्वकप जित्ने मुख्य दाबेदार मध्ये एकको रूपमा रहेको अर्जेन्टिना माथि साउदी अरेबियाले निकै अविश्वसनीय जित हासिल गरेको थियो।
खेलको १० औँ मिनेटमा सुपरस्टार मेस्सीको पेनाल्टीबाट अर्जेन्टिनाले अग्रता लिए पछि साउदी दबाबमा पर्न पुगे पनि दोस्रो हाफमा दुई उत्कृष्ट गोल गर्दै साउदीले अर्जेन्टिनालाई ठुलो झट्का दिएको हो भने उक्त जितबाट साउदी अरेबिया धेरै खुसी रहेको छ र सो जितको अवसरमा बुधवार सार्वजनिक बिदा हुने भएको छ।
Saudi Arabia announce tomorrow as a national holiday after their World Cup win against Argentina 🎉 pic.twitter.com/S7a0RYY5ej
— GOAL (@goal) November 22, 2022
यो जितसँगै साउदी अरेबियाले अर्जेन्टिनाको अपराजित यात्रामा पूर्ण बिराम लगाइदिएको छ । अर्जेन्टिना विगत ३६ खेलमा अपराजित रहेको थियो । उसले कतार विश्व कपको पहिलो खेलमा हार बेहोरेको छ ।
त्यस्तै, २०१९ जुलाई पछि अर्जेन्टिना पहिलो पटक हारेको हो । पछिल्लो, पटक अर्जेन्टिना २०१९ जुलाईमा ब्राजिलसँग पराजित बेहोरेको थियो ।
यस्तै,विश्व कपमा पहिलो हाफमा अग्रता लिएर हारेको अर्जेन्टिनाको यो दोस्रो पटक हो ।