एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
सिटीलाई जित दिलाउन बेर्नार्डो सिल्भाले दुई गोल गरे । रहिम स्ट्रर्लिङले एक गोल गरे ।
वाट्फोर्डका चुचो हर्नान्डेजले एक गोल फर्काए ।
चौंथो मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ३१ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए ।
सिल्भाले खेलको ६३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ७४ औं मिनेटमा हर्नान्डेजले एक गोल फर्काएपनि सिटी ३-१ ले विजयी भयो ।
यस जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीले १५ खेलमा ३५ अंक जोडेको छ ।
वाट्फोर्ड १३ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।