एजेन्सी, जर्मन बुन्डेस्लिगाको आइतबार भएको खेलमा साविक विजेता बायर्न म्युनिखले बायर लेभर्कुसेनमाथि फराकिलो जित दर्ता गरेको छ । यस जितसंगै बायर्न अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ ।
बायर्नको जितमा लेवान्डोस्कि र गिनाब्रिले दुई दुई गोल गरे भने अर्को गोल थोमस मुलरले गरे ।
लेवान्डोस्किले खेलको २ मिनेट नबित्दै गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।
त्यस्तै, लेवान्डोस्किले व्यक्तिगत दुई तथा क्लबका लागि अर्को गोल गर्दै अग्रता २-० मा पुराए ।
तेश्रो गोल ३३ औं मिनेटमा मुलरको नाममा रह्यो । उनले सुलको पासमा गोल गरे ।
गिनाब्रिले चौथो गोल ३४ औं मिनेटमा गर्दै अग्रता ४-० मा ल्याए ।
उनले पनि आफ्नो व्यक्तिगत दोश्रो गोल गर्दै टोलिलाई पहिलो हाफमा ५-० गोलको फराकिलो अग्रता दिलाए ।
बायर लेभरकुसेनका लागि पाट्रिक शिकले ५५ औं मिनेटमा शान्तोना गोल फर्काए । शिकको यो जारी सिजनमा सातौं लिग गोल हो ।
दोश्रो हाफमा पनि बायर्नले आक्रमक खेले पनि गोल भने गर्न सकेनन् ।
यो जितसंगै बायर्न म्युनिख शिर्ष स्थानमा उक्लेको छ । उसले ८ खेलमा १९ अंक जोड्दै शिर्ष स्थानमा रहेको छ ।
यस्तै, लेभर्कुसेन १६ अंकका साथ तेश्रो स्थानमा यथावत रहेको छ ।