भर्खरै चेल्सी फर्केका लुकाकु फेरि सिरी एमा फर्कने

रोमेलु लुकाकु गत ट्रान्सफर विन्डोमा प्रिमियर लिगमा फर्केका थिए तर चेल्सी स्ट्राइकर आफ्नो करियरको कुनै समयमा सिरी ए मा फर्किने , उनका एजेन्ट फेडेरिको पास्टोरेलोले पुष्टि गरेका छन्।

बेल्जियमका स्टारले गत सिजन इन्टर मिलानसँग उपाधि जितेपछि अगस्टमा चेल्सीमा ९८ मिलियन पाउन्डमा चेल्सीमा आएका थिए सेप्टेम्बरको मध्यदेखि उनले लिगमा गोल गर्न सकेका छैनन्। लुकाकुले युरोपेली च्याम्पियनका लागि पाँच गोल गरेका छन् तर अक्टोबरमा चेल्सी र माल्मो बिचको खेलमा उनी चोट ग्रसित हुन पुगेका थिए र चोटका कारण ६ खेल गुमाएका थिए।

स्टार फरवार्ड इटाली फर्कन इच्छुक हुने छन्, तर तत्काल फर्किने योजना भने नरहेको लुकाकुका एजेन्ट पास्टोरेलोले दाबी गरेका छन्।

पास्टोरेलोले टुट्टोस्पोर्टलाई भने: “एक दिन हामी लुकाकुलाई सिरी ए मा फेरी देख्नेछौँ, किनभने उनी इटालीलाई माया गर्छन्। तर अब चेल्सीमा रोमेलुको मजा लिने समय आएको छ।”

म्यानचेस्टर युनाइटेडमा सङ्घर्ष गरे पछि लुकाकु २०१९ मा इन्टर मिलानमा सरेका थिए र इटालीमा रहेको आफ्नो समयलाई उनले धेरै माया गरेको दाबी गरेका छन् र इटालीले आफूलाई खेलाडीको रूपमा सुधार गर्न मद्दत गरेको लुकाकुले बताएका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ