लुकाकु साइन गर्ने योजना विरुद्ध फ्यानहरूले गरे कडा विरोध

इटालियन क्लब युभेन्टसले चेल्सीका स्ट्राइकर रोमेलु लुकाकुलाई अनुबन्ध गर्ने योजना बनाएको बेला युभेन्टसका फ्यानहरूले एलियान्ज स्टेडियममा सो योजना वारे कडा विरोध गरेका छन्।

चेल्सी आफ्नो स्ट्राइकर रोमेलु लुकाकुलाई बेच्न सङ्घर्ष गर्दै गरेको बेला उनलाई साइन गर्न इटालियन क्लब युभे इच्छुक रहेको छ तर सो योजना वारे युभेका फ्यानहरू भने खुसी छैनन्।

बुधवार युभेन्टसले आफ्नो ‘रिजर्व टिम’ सँग मैत्रीपूर्ण खेल खेलेको थियो र सो खेलको क्रममा ठुलो सङ्ख्यामा युभेन्टसको फ्यानहरू एलियान्ज स्टेडियमको पिचमा पुगे र लुकाकु साइन गर्ने योजना वारे विरोध गर्न थाले।

 

फ्यानहरूले लुकाकु विरुद्धको ब्यानर पनि देखाए भने लुकाकुलाई साइन नगर्न ‘च्यान्ट’ पनि गरे।

चेल्सीले लुकाकुलाई इन्टर मिलानबाट £९७.५ मिलियनमा साइन गरेको थियो तर क्लब उनी फ्लप भए पछि गत सिजन उनलाई चेल्सीले लोनमा इन्टरमा फिर्ता पठाएको थियो र हाल उनको लोन अन्त्य भए पछि उनी चेल्सी फर्के पनि उनलाई बेच्ने प्रयासमा ब्लुज रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ