एजेन्सी, इङलिस क्लब चेल्सीका बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुलाई म्यान्चेस्टर सिटिले २०२० मा भित्र्याउन खोजेको खुलेको छ। रिपोर्टका अनुसार लुकाकुका एजेन्टले उक्त खुलासा गरेका हुन्।
लुकाकु यसै वर्ष ९८ मिलियन पाउन्डमा इटालियन क्लब इन्टर मिलानबाट चेल्सीमा अनुबन्ध भएका थिए।
रिपोर्टका अनुसार सिटिले २०२० मा लुकाकु भित्र्याउन खेजेता पनि कोभिड १९ का कारण उक्त सम्झौता हुनसकेन। लुकाकुले इन्टरका लागि ९५ खेलमा ६४ गोल गरेका थिए।