विश्वकप छनोट खेलमा उरुगुवे बोलिभियासंग पराजित भएको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान उरुग्वेलाई बोलिभियाले ३-० गोल अन्तरले हराएको हो ।
१० खेलाडीमा सिमित बोलिभियालाई जित दिलाउन जुवान कार्लोसले दुई गोल गरे ।
मार्सेलो मोरेनोले एक गोल थपे ।
कार्मेलोले दोस्रो हाफमा रातो कार्ड पाएपछि बोलिभिया १० खेलाडीमा समेटिएको थियो ।
बोलिभियासँग पराजित भएपछि सिधै विश्वकपमा छनोट हुने उरुग्वे सम्भावना कमजोर बनेको छ ।
उरुग्वे १४ खेलमा १६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
बोलिभिया १५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत नै पेरुले भेनेजुएलालाई २-१ ले हराएको छ ।
कोलम्बिया र पाराग्वेले गोलरहित बराबरी खेलेको छ ।