पीएसजीका अर्जेन्टाइन स्टार स्ट्राइकर लियोनेल मेस्सी आज लिग खेलका लागि मैदान फर्कने पक्का भएको छ ।
लिग वानमा पीएसजीले नान्टेसबिरुद्ध खेल्दै छन् जसमा लियोनेल मेस्सी पुर्न फर्केका छन् ।
चोटका कारण मैदान बाहिर रहेका मेस्सी आजको खेलका लागि फिट हुँदै टोलिमा स्थान बनाएको छ ।
सर्जियो रामोसले भने टोलिमा अझै स्थान बनाउन सकेको छैन ।
मेस्सीले लिग वानमा अझै गोलको खाता खोल्न सकेको छैन ।
पीएसजीले नान्टेसबिरुद्धको खेल राती ९:४५ मा खेल्ने छ ।