लिभरपुल र टोटेन्हम बिचको खेल बराबरीमा टुंगियो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटेनहमले बराबरी खेल्दै अंक बाडेका छन् । आइतबार राति भएको रोमान्चक खेलमा लिभरपुल र टोटेनहमले २-२ गोलको बराबरी खेलेको हो ।

टोटेनहमको घरेलु मैदानमा सुरुआती समेत घरेलु टोलीले बनाएको थियो ।

खेलको १३ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई १-० को अग्रता दिलाएका थिए ।

तर, ३५ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ६९ औं मिनेटमा एन्ड्रयु रोबर्टसनले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए ।

तर, खेलको ७४ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई २-२ गोलको बराबरीमा ल्याए ।

यस्तै खेलको ७७ औं मिनेटमा रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।

यस बराबरीसँगै लिभरपुलले १८ खेलमा ४१ अंक जोडेको छ ।

लिभरपुल दोस्रो स्थानमा रहेको छ ।

टोटेनहम २६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।