लिभरपुल, चेल्सी र टोटेन्ह्यामको जित, सेमिफाइनलमा स्थान बनाउन सफल

लिभरपुल, चेल्सी र टोटनह्याम लिगकपको सेमिफाइनलमा पुगेका छन् ।

गएराति भएको खेलमा जित निकालेर लिभरपुल, चेल्सी र टोटनह्यामले अन्तिम चारको स्थान सुरक्षित गरेका हुन् । आर्सनल यसअघिनै समिफाइनलमा पुगिसकेको छ ।

लिभरपुलले लेस्टर सिटीलाई ट्राइब्रेकरमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा ३-३ गोलको बराबरीमा खेल सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको हो । जसमा लिभरपुलले ५–४ को कठिन जित निकाल्यो ।

यस्तै गएराति नै भएको अर्को खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो। चेल्सीका लागि जान्सन र जोर्गिन्होले गोल गरे । चेल्सीले खेलको अन्तिम १० मिनेटमा दुई गोल गरेको थियो ।

त्यस्तै, वेष्टह्यामलाई २-१ ले पन्छाउँदै टोटनह्याम सेमिफाइनलमा पुगेको छ। उसका लागि बेर्गविजन र लुकास मोउराले गोल गरेका थिए । वेष्टह्यामका लागि बोवेनले गोल फर्काएका थिए ।