एजेन्सी । प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुलले आर्सनललाई हराएको छ । घरेलु मैदानमा लिभरपुलले आर्सनललाई ४-० गोल अन्तरले हराएको हो ।
लिभरपुलको जितमा माने, जोटा, सालाह र मिनामिनोले एक एक गोल गरे ।
साडियो मानेले पहिलो हाफको ३९ औं मिनेटमा अर्नल्डको पासमा गोल गर्दै सुरुआती अग्रता दिलाए । उनको यो सिजन सातौं गोल हो ।
पहिलो हाफ एक गोलले अग्रता लिएको लिभरपुल दोश्रो हाफमा आक्रमक खेल्दै तिन गोल गर्न सफल रह्यो ।
दोश्रो हाफको ५२ औं मिनेटमा जोटाले गोल गर्दै अग्रता दोब्बर बनायो ।
त्यसपछि, खेलको ७३ औं मिनेटमा मानेको पासमा सालाहले गोल गर्दै खेल ३-० को स्थितीमा पुराए ।
बैकल्पिक खेलाडिको रुपमा मैदान प्रवेश गरेका मिनामिनो केहि सेकेन्ड भित्र गोल गरे ।
उनले आर्नोल्डको पासमा गोल गर्दै ४-० को नतिजामा ल्याए ।
त्यसपछि, कुनै टिमले गोल गर्न सकेनन् ।
यो जितसंगै लिभरपुल २५ अंक सहित तालिकको दोश्रो स्थानमा रहेको छ ।
आर्सनलले २० अंक जोड्दै पाचौं स्थानमा छ ।