लिभरपुलले ८० मिलियनमा साइन गरेको स्ट्राइकरले एक्कै खेलमा ४ अविश्वसनीय मिस गरे पछि

बिहीबार राति भएको काराबाओ कपको खेलमा लिभरपुल, म्यानचेस्टर सँग ३-२को गोल अन्तरले हार्न पुगेको थियो भने उक्त खेलमा लिभरपुलका नयाँ स्ट्राइकर डार्विन नुनेजको लगातार मिस हाल चर्चाको विषय बन्न पुगेको छ।

दुई पटक खेललाई बराबरीमा लगेको लिभरपुलले तेस्रो गोल खाए पछि गोल फर्काउन नसक्दा खेल हारेको थियो भने उक्त खेलमा लिभरपुलका नयाँ स्ट्राइकर डार्विन नुनेजले धेरै पटक निकै उत्कृष्ट गोल गर्ने मौका पाएका थिए जसमा धेरै जस्तो गोलकिपर सँग १भी१ को अवस्था रहेको थियो।

तर ८० मिलियन र थप बोनस रकममा बेनेफिकाबाट लिभरपुलमा आएका डार्विन नुनेजले कुनै पनि अवसरको सद्उपयोग गर्न सकेनन् । ४ राम्रो अवसर पाएका डार्विन नुनेजको ३ शत पोस्ट बाहिर थियो भने १ शत पोस्टमा लागेको थियो।

हाल नुनेजको उक्त मिसहरूको भिडियो निकै भाइरल हुँदै गएको छ र ८० मिलियनमा साइन गरेको खेलाडीको प्रदर्शनमा धेरै प्रश्न हुँदै गर्दा उनको आलोचना पनि भएको छ।

बिहीबार राति भएको काराबाओ कपको खेलमा म्यान सिटीले १० मिनेटमै हालान्डको गोल मार्फत अग्रता लिएको थियो तर फाबियो कार्भाल्होले लिभरपुलको लागि २० मिनेटमा गोल गर्दै खेल बराबरीमा लगेका थिए।

खेलको ४७मिनेटमा सिटीले फेरी अग्रता लिएको थियो, महरेजले गोल गर्दै सिटीलाई खेलमा दोस्रो पटक अग्रता दिलाएका थिए तर ४८ मिनेटमा सालाहले लिभरपुलको लागि गोल गर्दै फेरी खेललाई बराबरीमा लगे। खेलको ५८औँ मिनेटमा सिटीका डिफेन्डर नाथन एकेले सिटीको लागि गोल गर्दै सिटीलाई तेस्रो पटक अग्रता दिलाए जुन जितको लागि पर्याप्त रह्यो।

जित पछि सिटी काराबाओ कपको क्वाटर फाइनलमा पुगेको छ र क्वाटर फाइनलमा सिटीले साउथह्याम्प्टनको सामना गर्ने छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ