लिभरपुलले माग्यो माफी

इग्लिस प्रिमियर लिग क्लब लिभरपुलले आफ्ना गैर खेलाडी कर्मचारीलाई कोरोना भाइरस संक्रमणका बेला बिदा दिएर तिनको तलबका लागि सरकारको भर पर्ने निर्णय फेर्दै सोमबार माफी मागेको छ ।

कोरोना भाइरस (कोभिड- १९)को संक्रमण त्रासका कारण लिग स्थगित हुने अवस्थामा छ। हाल खेलहरू सबै स्थगित गरिएका छन्। लिग नै स्थगनको निर्णय अगाडि अंक तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलले बेलायती सरकारको अनुदानमा भर परेर बिदा लिने कर्मचारीको तलब दिने निर्णय गरेका थियो।

क्लबका समर्थक र पूर्व खेलाडीले त्यस निर्णयको चर्को आलोचना गरेका थिए। त्यस निर्णय अनुसार बिदाका बेलाको ८० प्रतिशत तबल सरकारले बेहोर्ने गर्छ।

यसअघि यस्तै निर्णय टोटनहम, न्युकासल, बर्नमाउथ र नरविचले गरेको थियो। लिभरपुलले पछिल्लो सिजन ५ करोड डलर भन्दा बढी नाफा गरेको थियो।

क्लबका प्रमुख कार्यकारी पिटर मुरले भनेका छन्, ‘हामीले गलत निर्णय गरेका थियौं र त्यसका लागि माफि माग्न चाहन्छौं।’

@Kantipur

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ