दोस्रो लेगमा पनि लिभरपुललाई हराउदै रियल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

राउण्ड अफ १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुललाई १-० गोल अन्तरले हराउँदै समग्रमा ६-२ को जितसहित रियल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा रियलले प्रिमियर लिग क्लबलाई ५-२ गोल अन्तरले हराएको थियो । घरेलु मैदानमा भने रियलले साँघुरो जित निकाल्यो ।

दोस्रो लेगमा रियललाई जित दिलाउन करिम बेन्जिमाले निर्णायक गोल गरे ।

करिम बेन्जिमाले खेलको ७८औं मिनेटमा गोल गरेका थिए ।

लिभरपुलसँगको खेलसँगै रियलले च्याम्पियन्स लिगमा ३०० खेल पूरा गरेको छ ।