लिभरपुललाई धोखा दिँदै स्टार मिडफिल्डरले रोजे चेल्सी

प्रिमियर लिग क्लब लिभरपुलले आफ्नो लिग प्रतिद्वन्द्वी चेल्सीलाई पछि पार्दै ब्राइटनका स्टार मिडफिल्डर मोइसेस काइसेडोको लागि ब्राइटन सँग रेकर्ड ट्रान्सफर मूल्यमा सहमति गरेको थियो तर मोइसेस काइसेडोले अन्तिम समयमा लिभरपुलको प्रस्ताव अस्वीकार गर्दै चेल्सीमा जाने निर्णय लिएको छ।

लिभरपुलका कोच क्लोपले उनलाई साइन गर्न आफू सफल भएको भनेर पनि एक अन्तर्वार्ता बताएका थिए तर सोही दिन मोइसेस काइसेडोले लिभरपुल सँग व्यक्तिगत सहमति गर्न नमाने पछि उनलाई फेरी चेल्सीले साइन गर्ने भएको छ।

रिपोर्ट अनुसार चेल्सीले काइसेडो सँग २०३१ सम्मको व्यक्तिगत सम्झौता सहमति गरिसकेको छ र हाल चेल्सी ब्राइटन सँग ट्रान्सफर सम्झौतामा पुग्ने प्रयासमा रहेको छ। उनको लागि चेल्सीले पनि ११० मिलियन ब्रिटिस पाउन्ड सम्मको ट्रान्सफर मूल्य तिर्ने जानकारी छ जसले ब्रिटिस ट्रान्सफर रेकर्ड तोड्ने छ।

चेल्सी धेरै समय देखि ब्राइटनबाट मोइसेस काइसेडोलाई साइन गर्ने प्रयासमा रहेको थियो तर लिभरपुलले काइसेडोको लागि ११० मिलियन ब्रिटिस पाउन्डको प्रस्ताव गरे ब्राइटनले लिभरपुलको प्रस्ताव स्वीकार गरेको थियो तर हाल चेल्सीले उक्त ट्रान्सफर हाइ-ज्याक गर्ने भएको छ।

मोइसेस काइसेडोको खेल ब्राइटनमा निकै राम्रो रहेको छ भने उनी टिमको एक महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित रहेका छन्। हाल सम्म उनले ब्राइटनका लागि ३० खेल खेल्दै २ गोल र ३ असिस्ट गरेका छन्।

उनको नाम चेल्सी र लिभरपुल सहित आर्सनल र न्यूकासल युनाइटेड सँग पनि जोडिएको थियो तर उनलाई साइन गर्न चेल्सी सफल हुने भएको छ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ