एजेन्सी । प्रिमियर लिगमा लिभरपुलले साउथह्याप्टनमाथि जित दर्ता गरेको छ । घरेलु मैदान एन्फिल्डमा साउथह्याप्टनलाई ४-० गोलले हराएको हो ।
खेल अवधिभर बलमा पकड बनाएको लिभरपुलले पहिलो हाफमा तिन गोल गर्दा दोश्रो हाफमा एक गोल गर्यो ।
लिभरपुलको जितमा डिएगो जिटाले दुई, थियागो र भ्यान डाइकले एक एक गोल गरे ।
खेल सुरु भएको एक मिनेटमानै लिभरपुलले अग्रता लिएको थियो ।
रोबरट्शनको पासमा जोटाले गोल गरेका थिए ।
त्यस्तै, खेलको ३१ औं मिनेटमा सालाहको पासमा दोश्रो गोल गर्दै अग्रता दोब्बर पारे ।
थियागोले ३६ औं मिनेटमा गोल गरे ।
साउथह्याप्टनका पुर्व डिफेन्डर भर्जिल भ्यान डाइकले ५३ औं मिनेटमा गोल गर्दै नतिजा ४-० मा पुराए ।
उनले ट्रेन्ट आलेक्सान्डर आर्नोल्डको कर्नरमा भलि गोल गरेका हुन ।
यो जितसंगै लिभरपुल तालिकामा दोश्रो स्थानमा उक्लेको छ ।
उसले १३ खेलमा २८ अंक जोडेको छ ।
साउथह्याप्टन भने १४ अंकका साथ १३ औं स्थानमा यथावत रहेको छ ।