लिभरपुलको युवा टोलिको इभर्टनमाथी उत्कृष्ट जित

लिभरपुल एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।

आइतबार राति भएको तेस्रो चरणमा इभर्टनलाई १-० गोल अन्तरले पराजित गर्दै लिभरपुल चौंथो चरणमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन १८ वर्षे युवा खेलाडी कुर्टिस जोन्सले निर्णायक गोल गरे ।

युवा खेलाडी प्रस्तुत गरेका लिभरपुलबिरुद्ध इभर्टन पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो ।

खेलको ७१ औं मिनेटमा जोन्सले निर्णायक गोल गरे ।

इभर्टनको खेलसँगै ताकुमी मिनामिनोले लिभरपुलमा डेब्यु गरेका छन् । जापानी मिनामिनो जनवरी ट्रान्सफरमा रेडबुल साल्जबर्गबाट लिभरपुल आएका हुन् ।

प्रिमियर लिग प्रतिद्वन्द्वी इभर्टनविरुद्ध लिभरपुलले युवा खेलाडीलाई मैदान उतारेको थियो ।