इङलिस प्रिमियर लिगमा लिभरपुलले १६ अंकको अग्रता कायम गरेको छ ।
शनिबार राति टोटेनहम हट्सपरलाई १–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले दोस्रो स्थानको लेस्टर सिटीसंग १६ अंकको अग्रता लिएको हो ।
पहिलो हाफको ३७ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई महत्वपुर्ण ३ अंक दिलाए ।
लिभरपुलले युरोपका शीर्ष पाँच लिग मध्य सबै भन्दा उत्कृष्ट सिजनको सुरुवात गर्ने कीर्तिमान कायम गर्यो । उसले लिगका सुरुवाती २१ खेलमध्य २० खेलमा जित हासिल गर्यो ।
जितसंगै लिभरपुल पछिल्लो ३० बर्षमा पहिलो पटक उपाधि होडमा निकै सहज अवस्थामा आईपुगेको छ ।
घरेलु टोली टोटेनहम मुख्य फरवार्ड ह्यारी केन बिना मैदान उत्रिएको थियो । सल्यक्रियाका कारण उनी लामो समय मैदान बाहिर रहनेछन् ।
सन ह्युङ मिनको स्थानमा आएका जियोवानी लो सेल्सोले दोस्रो हाफका गोलको सुन्दर अवसर गुमाएका थिए । टोटेनहमले सुधारिएको प्रर्दशन गरेपनि शीर्ष स्थानको लिभरपुललाई रोक्न सकेन ।
दोस्रो स्थानको लेस्टर सिटी घरेलु मैदानमा साउथह्याम्टनसंग पराजित भएपछि लिभरपुलले तालिकामा ठुलो अग्रता प्राप्त गरेको हो ।
शीर्ष स्थानको लिभरपुलको २१ खेलबाट ६१ अंक छ । टोटेनहम ३० अंक सहित आठौं स्थानमा छ ।