लिभरपुलका डिआजले रियलसंगको च्याम्पियन्स लिग खेल गुमाउने

एजेन्सी । लिभरपुलका विंगर लुइस डिआजले रियाल म्याड्रिडविरुद्धको च्याम्पियन्स लिग खेल गुमाउने भएका छन् । उनले चोटका कारण च्याम्पियन्स लिग खेल गुमाउने भएका हुन् ।

गत अक्टोबरमा घुँडाको चोट बोक्दै मैदान बाहिर उपचार गराउदै आएका थिए । यसै साता दुबईमा प्रशिक्षणमा फर्किएका डिआज फेरि चोट बोकेका छन् ।

उनले दुबई छाड्दै बेलायत फर्किसकेका छन् । उनको घुँडाको शल्यक्रिया गर्नु परेको क्लबले जनाएको छ ।

लिभरपुलले डिआज फर्किने मितिबारे केही जानकारी दिएका छैनन् । तर, उनले न्युनतम दुई महिना मैदान बाहिर रहनु पर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।

यससंगै उनले रियलसंगको च्याम्पियन्स लिग पनि गुमाउने छ । त्यसो त, उनले मार्चमा हुने दोस्रो लेगका लागी उपलब्ध हुने सम्भावना भने छ ।

यस्तै, डिआजसंगै लिभरपुलला अर्का फरवार्ड डिएगो जोटा पनि चोटग्रस्त छन् ।