स्पेनिस ला लिगा क्लब भिल्लारियलका स्वर्गीय उपाध्यक्षलाई क्लबका खेलाडी एलेक्स बेएनाले गोल गरेपछि जर्सी उठाएर श्रद्धाञ्जली व्यक्त गर्दा खेलाडीले रातो कार्ड पाएको छ ।
आइतबार राति भिलारियलले अल्मेरियाबिरुद्ध २-१ को जित हासिल गरेको खेलमा ५० औं मिनेटमा पहेँलो कार्ड पाइसकेका एलेक्स बेएनाले ६ मिनेट पछि गोल गर्दै जर्सी माथी सारेर स्वर्गीय उपाध्यक्षलाई ‘ट्रीब्युट’ देखाउने क्रममा दोहोरो पहेलो कार्ड पाउदै मैदान छोड्नु परेको थियो ।
स्वर्गीय उपाध्यक्ष जोसे म्यानुयल लानेजा यसै हप्ता मात्रै बितेका थिए । उनले क्लबमा २९ वर्ष बिताएका थिए ।
Alex Baena has been sent off for lifting up his shirt to reveal a tribute to Villarreal's vice president, who died this week pic.twitter.com/p8WZcwZwQt
— Naija (@Naija_PR) October 23, 2022
भिल्लारियलका बेएनाले १-० ले पछाडि परेको अवस्थामा हेडर मार्फत बराबरी गोल गरेका थिए ।
त्यस्तै खेलमा भिल्लारियलका मोर्लानेसले पनि ५८ औं मिनेटमा रातो कार्ड पाउदै मैदान छाड्नु परेको थियो ।
९ खेलाडीमा सिमित भिल्लारियलले खेलको अन्तिम मिनेटमा गोल गर्दै खेल २-१ ले जित्न पुगेको थियो ।