ला लिगामा आज यी खेलहरु हुँदै, हेर्नुहोस नेपाली समयमा

स्पेनिस लिग ला लिगा अन्तर्गत आज आइतबार ५ खेल हुँदै छ ।

पहिलो खेल मालोर्का र भ्यालेन्सिया बिच हुने छ । यो खेल दिउँसो ४:४५ मा सुरु हुनेछ ।

दोस्रो खेल रियल बेटिस र रियल सोसिइडाड बिच हुनेछ । खेल ६:४५ मा सुरु हुनेछ ।

तेस्रो खेल भने भिल्लारियल र इसपान्यो बिच हुनेछ । खेल ८:४५ मा हुनेछ ।

त्यस्तै अथ्लेटिक क्लबले सेल्टा भिगोबिरुद्ध राती ११:१५ मा भिड्नेछन् ।

अन्तिम खेल बार्सिलोना र ग्रानडा बिच हुनेछ । क्याम्प नाउमा हुने यो खेल राति १:४५ मा सुरु हुनेछ ।