स्पेनिस लिग ला लिगा अन्तर्गत आज ४ खेल हुनेछ ।
पहिलो खेलमा अल्मेरियाले सेल्टा भिगोको सामना गर्नेछ । यो खेल साझ ५:१५ मा सुरु हुनेछ ।
त्यसै गरि दोस्रो खेल कार्डिज र एट्लेटिको म्याड्रीड बिच हुनेछ । यो खेल राती ८ बजे सुरु हुनेछ ।
अर्को खेल सेभिया र रायो भालेकानो बिच हुनेछ । सेभियाको घरेलु मैदानमा हुने यस खेल राती १०:१५ मा सुरु हुनेछ ।
अन्तिम खेलमा भ्यालेन्सियाले दोस्रो स्थानमा रहेको बार्सिलोनाको सामना गर्नेछ । यस रोमान्चक खेलमा भ्यालेसियाले आफ्नो घरेलु मैदानमा बार्सिलोनाबिरुद्ध मध्ये रात १२:४५ मा खेल्नेछ ।