इंग्लिस प्रिमियर लिगमा लिग लिडर म्यानचेस्टर सिटीले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा सिटीले लेस्टर सिटीलाई ६-३ गोल अन्तरले हराएको हो ।
इतिहाद स्टेडियममा केभिन डे ब्रुएनले पाँचौ मिनेटमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको १४ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए ।
२१ औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई ३-० को अग्रता दिलाए ।
खेलको २५ औं मिनेटमा रहिम स्ट्रर्लिङले पेनाल्टीमा गोल गरेपछि सिटी ४-० ले अघि रह्यो ।
खेलको ५५ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई ४-१ को स्थितिमा ल्याए ।
५९ औं मिनेटमा एडिमोला लुकम्यानले गोल गरेपछि लेस्टर ४-२ को स्थितिमा रह्यो ।
खेलको ६५ औं मिनेटमा लेस्टरका केलिची इहानचोले गोल गरेपछि खेल ४-३ को अवस्थामा आयो ।
खेलको ६९ औं मिनेटमा एम्रिक लापोर्टेले गोल गर्दै सिटीलाई ५-३ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा स्ट्रर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ६-३ को जित दिलाए ।
यस जितसँगै सिटीले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ।
शीर्ष स्थानको सिटीले १९ खेलमा ४७ अंक जोडेको छ । दोस्रो स्थानको लिभरपुलको ४१ अंक रहेको छ ।
लेस्टर २२ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।