प्रिमियर लिगमा आइतबार लिभरपुलले फुल्ह्याम बिरुद्ध भएको रोमाञ्चक खेलमा उत्कृष्ट जित हासिल गरेको छ।
आइतबार एनफिल्डमा भएको खेलमा लिभरपुलले पहिलो हाफको २० औँ मिनेटमै फुल्ह्यामका गोलकिपर लेनोको ओन गोलको मद्दतमा अग्रता लिएको थियो तर फुल्ह्यामको लागि ह्यारी विल्सनले २४ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए।
खेलको ३८ औँ मिनेटमा लिभरपुलका एलेक्सिस म्याक एलिस्टरले निकै उत्कृष्ट गोल गर्दै लिभरपुललाई फेरी अग्रता दिलाए तर पहिलो अन्त्य हुन नजिक रहेको बेला फुल्ह्यामले फेरी गोल गर्दै स्कोर २-२मा लागेको थियो र पहिलो हाफ बराबरीमा अन्त्य भएको थियो ।
दोस्रो हाफको ८०औँ मिनेटमा भने फुल्ह्यामले अग्रता पाएको थियो। बबी डेकोर्डोभा-रीडले गोल गर्दै खेलमा फुल्ह्यामलाई पहिलो पटक खेलमा अग्रता दिलाए।
खेलको ८७ औँ मिनेटमा लिभरपुलका जापानी खेलाडी इन्डोले गोल गर्दै खेल बराबरीमा लगे भने उक्त गोलको एक मिनेट पछिनै ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले उत्कृष्ट गोल गर्दै लिभरपुललाई खेलमा फेरी अग्रता दिलाए जुन जितको लागि पर्याप्त रह्यो।
जित सँगै लिभरपुल हाल लिगको दोस्रो स्थानमा पुगेको छ। १४ खेलमा लिभरपुलले ३१ अंक प्राप्त गरेको छ।