रोबर्टो मार्टिनेज पोर्चुगलको नया कोच बन्ने

पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले आफ्नो पदबाट राजीनामा दिए पछि पोर्चुगल नयाँ मुख्य प्रशिक्षकको रूपमा पूर्व बेल्जियम कोच रोबर्टो मार्टिनेजलाई भित्राउने भएको छ ।

२०२२ फिफा विश्व कपको क्वाटर फाइनलमा मोरक्को सँग हार्दै पोर्चुगल नक-आउट भए पछि फर्नान्डो सान्तोसले आफ्नो पदबाट राजीनामा दिए पछि पोर्चुगल कोच विहीन रहेको थियो भने पोर्चुगलको नयाँ कोच रोबर्टो मार्टिनेज बन्ने भएका छन्।

रोबर्टो मार्टिनेजले पनि २०२२को फिफा विश्व कपमै आफ्नो पदबाट राजीनामा दिएका थिए। रोबर्टो मार्टिनेज २०१६मा बेल्जियमको कोच बनेका थिए र २०२२को विश्व कपमा बेल्जियम ग्रुप स्टेजबाटै नकआउट भए पछि रोबर्टो मार्टिनेजले आफ्नो पदबाट राजीनामा दिएका थिए ।

२०२२ फिफा विश्व कपको क्वाटर फाइनलमा मोरक्को सँग हार्दै पोर्चुगल नक-आउट भए पछि फर्नान्डो सान्तोसले आफ्नो पदबाट राजीनामा दिएका थिए। उनले आफ्नो सुपरस्टार रोनाल्डोलाई पनि बेन्चमा राख्ने निर्णय लिएका थिए जसको लागि उनको आलोचना पनि भएको थियो।

पोर्चुगलले नयाँ मुख्य प्रशिक्षकको रूपमा लेजेन्द कोच जोसे मोरिन्होलाई भित्राउन प्रयास गरे पनि मोरिन्होले उक्त प्रस्ताव अस्विकार गरे पछि हाल पूर्व बेल्जियम कोच रोबर्टो मार्टिनेज पोर्चुगलको नयाँ मुख्य प्रशिक्षक बन्ने भएका छन्।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ