रोनाल्डो सम्मिलित अल नासरले इन्टरबिरुद्ध अग्रता जोगाउन नसक्दा रोकियो

अल नासरले इटालियन क्लब इन्टर मिलानसँगको प्री सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा बराबरी खेलेको छ ।

विहिबार जापानको ओसाकास्थित नागाई स्टेडियममा सम्पन्न खेलमा अल नासर र इन्टर मिलान १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

खेलमा अल नासरले खेलको २३औं मिनेटमा अब्दुलरहमान घरिबको गोलमा शुरुवाती अग्रता लिएको थियो । तर इन्टर मिलानले खेलको ४४ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेको थियो । इन्टरका लागि डेभिड फ्रातेसीले गोल गरेका थिए ।

अब अल नासरले अर्को खेल अरब च्याम्पिन्सिप कप अन्तर्गत जुलाई २९ मा अल शाबाबविरुद्ध खेल्दै छ ।