युभेन्ट्सलाई क्रिस्टियानो रोनाल्डोको अभावले खट्किएको इन्टर मिलानका पूर्व स्ट्राइकर कार्ल-हेन्ज रुम्मेनिगेको विश्वास रहेको छ। युभेन्टस हाल लिगमा १२ खेलमा केवल ५ जितको साथ आठौँ स्थानमा रहेको छ र इन्टरका लेजेण्डले सो विषयमा कुरा गर्दै रोनाल्डोको प्रशंसा गरेका छन्। ।
🎙️ Karl-Heinz Rummenigge: “Juventus antrenmanında Cristiano Ronaldo’nun kaslarından çok etkilenmiştim. 22 yaşındaki birinin vücuduna sahip.” 💪 pic.twitter.com/uIgWdR6ZRD
— A Spor (@aspor) November 12, 2021
ट्रान्सफर विन्डोको अन्तिम समयमा रोनाल्डो युभेन्टसबाट आफ्नो पूर्व क्लब म्यानचेस्टर युनाइटेडमा गएका थिए।
रुम्मेनिगेले भने: “यो त्यस्तै कुरा हो जब म्याड्रिडले रोनाल्डोलाई २०१८ मा बेच्दा सोचेको थियो। उनीहरूले आफूलाई आर्थिक बोझबाट मुक्त गरेको सोचेका थिए, तर रोनाल्डोले लगातार गोल गर्दै छन्।
“उनले म्यानचेस्टर युनाइटेडमा आफ्नो क्षमता प्रमाणित गर्दै छन्, एटलान्टालाई यसको बारेमा केही थाहा छ।
“एक पटक म युभेन्टसको प्रशिक्षण मैदानमा गएको बेला मैले उनलाई देखे म उनको फिटनेसबाट धेरै प्रभावित भएँ। उनीसँग २२ वर्षीय युवकको शरीर छ ।
🧐 Karl-Heinz Rummenigge: “Cristiano Ronaldo Juventus’ta oynarken onunla soyunma odasında karşılaşmıştım. Kaslarını gördüğümde çok etkilendim. Sanki 22 yaşındaki bir futbolcuyla konuşuyordum.” pic.twitter.com/L7ldZAqV8B
— Sporx (@sporx) November 12, 2021
“उनी गोल सेलेब्रेसनको लागि तयार गर्दै थिए र मैले उनलाई भने: ‘के गर्दै छौ?’ र उनले भने: ‘मैले अर्को गोल गरेपछि कसरी सेलेब्रेसन गर्ने भनेर तयारी गर्दै गरेको’
“सायद, रोनाल्डोले प्रशंसक वा क्लबबाट माया महसुस गरेनन्। उनीहरूले आर्थिक समाधान खोज्नुपर्ने थियो र हुनसक्छ, अन्तमा, युभेन्टस र रोनाल्डो अलग हुन पाउँदा सायद दुवै खुसी छन्।”