रोनाल्डो रियल म्याड्रिड नफर्किने

पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडको मैदानमा प्रशिक्षण गर्ने क्रममा थिए जसको कारण उनी रियल म्याड्रिडमा फर्किने धेरै चर्चा भएको थियो तर दुई दिनको प्रशिक्षण पछि रोनाल्डो दुबईमा गएका छन् र उनी रियल म्याड्रिडमा नफर्किने जानकारी छ।

म्यान्चेस्टर युनाईटेड सँग रोनाल्डोको सम्झौता रद्द भए पछि उनी क्लब विहीन रहेका छन् र रियलमा प्रशिक्षण गरे पछि उनी रियल म्याड्रिडमा फर्किन सक्ने चर्चा भए पनि म्याड्रिड आधारित मिडियाहरूले उनी रियल म्याड्रिडमा नफर्किने जनाएको छ।

रियल म्याड्रिड सँग रोनाल्डोको राम्रो सम्बन्ध रहेको जसको कारण उनले रियलको मैदान, अन्य सुविधा र उपकरणहरू प्रयोग गर्न पाएको र त्यो बाहेक उनको रियलमा अन्य कुनै संलग्नता नरहेको हाल रिपोर्ट आएको छ जसको मतलब उनी रियल म्याड्रिड फर्किने छैनन्।

हाल रोनाल्डो दुबईमा रहेका छन् र उनी रियलमा प्रशिक्षणको लागि पनि नफर्किने जानकारी छ।

। २०१८मा रोनाल्डोले रियल म्याड्रिड छोडेका थिए । रियलमा उनले ९ वर्ष बिताएका छन् र उनले सो क्रममा ४ च्याम्पियन्स लिग र २ लिग उपाधि सहित धेरै ट्रफीहरु जितेका छन्।

रियल छोडे पछि रोनाल्डोले युभेन्टस र म्यानचेस्टर युनाइटेडको लागि खेलेका छन्। युभेन्टस सँग उनले २ पटक इटालियन लिग जित पनि युनाइटेडमा उनको वापसीको राम्रो अन्त्य हुन सकेन।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ