एजेन्सी । पोर्चुगलले बुधबार रोनाल्डो बिना प्रशिक्षण गरेको छ । दक्षिण कोरियाविरुद्धको खेल अगाडिको पोर्चुगल रोनाल्डो बिनै प्रशिक्षण गरेको हो ।
शुक्रबार हुने समूह ‘एच’को अन्तिम खेलका लागि रोनाल्डो टिमसंग नभई एकल प्रशिक्षण गरिएको बताइएको छ ।
पोर्चुगलका भेट्रान स्ट्राइकरले सुरुका दुई खेल खेल्दै टोलिलाई शिर्ष स्थान दिलाउन सफल रहेका छन् ।
मुख्य प्रशिक्षक फर्नान्डो सान्टोसले रोनाल्डोलाई दक्षिण कोरियाविरुद्ध आराम दिने सम्भावना रहेको छ ।
विश्व कपमा अन्तिम १६ मा स्थान बनाइसकेको पोर्चुगल दक्षिण कोरियाबिचको खेल उसको औपचारिक खेल मात्र हुनेछ ।
तर, फर्नान्डो सान्टोसलाई अन्य दुई खेलको चोटले भने समस्या निम्त्याएको छ ।
ड्यानिलो पेरेरा र ओटाभियो चोट बोके पछि सान्टोसलाई समस्या परेको हो । उनी दुईले पोर्चुगलका पछिल्लो प्रशिक्षणमा उपस्थिती थिएनन् ।
यस्तै, नुनो मेन्डेस चोटका कारण विश्व कपका बाकी खेल गुमाउने भईसकेका छन् ।