रोनाल्डो पोर्चुगलको प्रशिक्षणमा फर्किए

ढोहा । पोर्चुगलका भेट्रान स्ट्राइकर क्रिस्टियानो रोनाल्डो टोलीको प्रशिक्षणमा फर्केका छन । उनी शनिबार पोर्चुगलको प्रशिक्षणमा फर्केका हुन । यसै साता पेटमा समस्या आए पछी मैदान बाहिर रहदै आएका थिए ।

म्यान्चेस्टर युनाईटेडमाथी विभिन्न आरोप लगाए पछी रोनाल्डो विवादमा तानिएका हुन ।

त्यस्तै, बुधबार पोर्चुगलको प्रशिक्षण र नाइजेरियाविरुद्धको मैत्रिपूर्ण खेलमा उनी उपलब्ध थिएनन ।

रोनाल्डोको जारी सिजन बिर्सनलायकको छ । उनले युनाईटेडका लागि सबै खाली प्रतियोगितामा गरेर १६ खेल खेल्दै ३ गोल गर्न सफल रहेका छन ।

पछील्लो, समय विवादमा तानिए पछी युनाईटेडले रोनाल्डोको सम्झौता रद्द गर्ने तयारी गरेको जनाएको छ ।

उनले क्लब, प्रशिक्षक र क्लबका पधादिकारीको खुलेरै आलोचना गरेका थिए । रोनाल्डो जनवरीमा युनाईटेड छाड्ने सम्भावना बलियो छ ।